
बर्लिन । जारी युरोकपअन्तर्गत नेदरल्याण्ड्सले समूह ‘डी’ को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ । जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार राती सम्पन्न खेलमा नेदरल्याण्ड्सले पोल्याण्डविरुद्ध २-१ गोलको पुनरागमन जित हासिल गरेको हो । खेलमा १-० गोलले पछि परेको नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गर्नुभएको हो ।
पोल्याण्डका एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो । जितसँगै तीन अंक जोडेको नेदरल्याण्ड्स समूह ‘डी’ को शीर्षस्थानमा रहेको छ । पराजित पोल्याण्ड भने पुछारमा छ । यस समूहमा फ्रान्स र अस्ट्रिया रहेका छन् । खेलको १६औँ मिनेटमा बुक्साको गोलमा पोल्याण्डले सुरुवाती अग्रता बनाएको थियो । तर, नेदरल्याण्ड्सका गाक्पोले २९औँ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउनुभयो । ८३औँ मिनेटमा वाउटले गोल गरेपछि नेदरल्याण्ड्स २-१ ले विजयी भयो ।
यस्तै, जुड बेलिंगमको निर्णायक गोलमा इंग्ल्याण्डले युइएफए युरोकपमा विजयी सुरुवात गरेको छ । भेल्टिन एरेनामा आइतबार राती सम्पन्न समूह ‘सी’ को खेलमा सर्बियामाथि इंग्ल्याण्ड १-० गोलले विजयी भएको हो । इंग्ल्याण्डको जितमा जुड बेलिङमले खेलको १३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै इंग्ल्याण्डले तीन अंक जोडेर सुखद सुरुवात गरेको छ । यसै समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनियाले १=१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
यामल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी
लामिन यामल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्नुभएको छ । ओलम्पिक स्टेडियममा शनिबार राती सम्पन्न समूह ‘बी’ को खेलमा क्रोएसियाविरुद्ध उहाँले युरोकपमा डेब्यु गर्नुभएको थियो । उक्त खेलमा स्पेन ३-० गोलअन्तरले विजयी भएको थियो । यमालले १६ वर्ष ३३८ दिनमा युरोकपमा डेब्यु गर्नुभएको हो । यसअघि पोल्याण्डका कापर कोज्लोव्स्कीले १७ वर्ष २४६ दिनको उमेरमा युरोकप खेल्दै सबैभन्दा कम उमेरको कीर्तिमान बनाउनुभएको थियो । उहाँले सन् २०२१ मा स्पेनविरुद्ध खेल्दै युरोकपमा डेब्यु गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच