लण्डन । मिलवालका गोलकिपर मटिया सार्किकको २६ वर्षको उमेरमा निधन भएको छ । मोन्टिनेग्रो फुटबल एसोसिएसनका अनुसार शनिबार बिहान उहाँको अचानक निधन भएको हो । स्थानीय मिडियाले उहाँ आफ्नो अपार्टमेन्टमा ढलेको जानकारी दिएको छ ।
मोन्टिनेग्रोका खेलाडी उहाँ सन् २०२३ को अगस्टमा वुल्भ्सबाट च्याम्पिनसिप क्लबमा आबद्ध हुनुभएको थियो । गत सिजन क्लबका लागि उहाँले ३३ खेल खेल्नुभएको थियो ।
उहाँले गत जुन ५ मा मात्र बेल्जियमविरुद्ध देशको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले यअसघि बर्मिङहम सिटी र स्टोक सिटीमा समेत लोनमा समय बिताउनुभएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements