एजेन्सी । अफगानिस्तानका अफ स्पिनर मुजिब उर रहमान आइसिसी ट्वान्टी-२० विश्वकपबाट बाहिरिनुभएको छ । मुजिबले प्रतियोगितामा अफगानिस्तानका लागि एउटा मात्र खेल खेल्नुभएको थियो । युगाण्डाविरुद्ध खेल्दा औंलामा चोट लागेपछि उहाँले न्युजिल्याण्ड र पपुवा न्युगिनीविरुद्धको खेल गुमाउनुभएको थियो ।
युगाण्डाविरुद्ध तीन ओभर बलिङ गर्नुभएका मुजिबले १६ रन खर्चिदै एक विकेट लिनुभएको थियो । मुजिबको स्थानमा ब्याटर हजरतुल्लाह जाजइलाई टोलीमा समावेश गरिएको छ । यसअघि नै सुपर ८ मा पक्का गरिसकेको अफगानिस्तानले समूह चरणको अन्तिम खेलमा मंगलबार आयोजक वेष्ट इण्डिजको सामना गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts