एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले यस वर्षको विम्बल्डन नखेल्ने घोषणा गर्नुभएको छ । पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न उहाँले यस वर्षको विम्बल्डन नखेल्ने घोषणा गर्नुभएको हो । ३८ वर्षीय नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका लागि स्विडेनमा हुने प्रतियोगितामा भाग लिने बताउनुभयो ।
नाडालले २००८ र २०१० मा विम्बल्डनको उपाधि जित्नुभएको थियो । वर्षको तेस्रो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन जुलाई १ देखि सुरु हुनेछ । २२ पटकका ग्राण्डस्लाम विजेता नाडालले ओलम्पिकमा कार्लोस अल्कारेजसँग मिलेर डबल्समा प्रतिस्पर्धा गर्नुहुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता