काठमाडौं । एभरेष्ट जुडो क्लबका अध्यक्ष दावा गेल्जेन शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएकोमा राष्ट्रिय खेलकुद परिषद्ले बधाई र शुभकामना दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शेर्पालाई बधाई दिँदै खेलकुद क्षेत्रबाट पनि विश्वको सर्वोच्च शिखर आरोहण गर्नुभएकोमा खुसी व्यक्त गर्नुभयो ।
जुन २२ का दिन चुचुरोमा पुग्नुभएका शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को लोगोसहितको झण्डा फहराउनुभएको थियो । उहाँले सगरमाथाको चुचुरोमा फहराएको परिषद्को झण्डा सदस्य–सचिव घिसिङलाई हस्तान्तरण गर्नुभएको थियो । गेल्जेनको अभियानले खेल पर्यटनलाई समेत टेवा पुग्ने सदस्य-सचिव घिसिङले बताउनुभयो ।
बेसक्यापबाट चार दिनमा चुचुरोमा पुगेर फर्कनुभएका शेर्पालाई काठमाडौं फर्कन २८ दिन लागेको थियो । जुडोका पूर्व खेलाडीसमेत रहनुभएका शेर्पाले खेलकुदको क्षेत्र सगरमाथा चुचुरोसम्म नै छ भन्ने सन्देश दिन आफूले झण्डा लगेको जानकारी दिनुभयो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्षसमेत रहनुभएका गेल्जेनले हिमालको फोहोर व्यवस्थापनका लागि खेलकुद क्षेत्रको पनि भूमिका हुन्छ भन्नका लागि चुचुरोमा खेलकुदको झण्डा फहराएको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा