काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्सले आइसल्याण्डलाई पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा नेदरल्याण्ड्स ४-० गोल अन्तरले विजयी भएको हो । नेदरल्याण्ड्सको यो लगातार दोस्रो जित हो । यसअघि नेदरल्याण्ड्सले क्यानडालाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
नेदरल्याण्ड्सका जाभी सिमोन्सले पहिलो हाफको २३औँ मिनेटमै गोल गर्नुभएको थियो । ४९औँ मिनेटमा भर्जिल भ्यान डाइकले अग्रता दोब्बर बनाउनुभयो ।
७९औँ मिनेटमा डोनिएल मालेनले अर्को गोल थप्नुभयो । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा वाउट वेघोस्र्टले गोल गर्दै घरेलु टोलीलाई सानदार जित दिलाउनुभयो । यस्तै, पोल्याण्डले टर्किसलाई पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा पोल्याण्ड २-१ गोल अन्तरले विजयी भएको हो ।






