काठमाडौं । विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तानबीच महाभिडन्त हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी भारत-पाकिस्तानबीचको खेल साँझ सबा ८ बजे सुरु हुनेछ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने भारतले आयरल्याण्डलाई हराएर विजयी सुरुवात गरेको थियो ।
यी दुई देशबीच अन्तिम भिडन्त १० सेप्टेम्बर २०२३ मा भएको थियो । यो खेल भारतले २२८ रनले जितेको थियो । जुन ९ मा फेरि पनि दुवै देश अमेरिकाको न्युयोर्क शहरमा खेल्दैछन् । टुर्नामेन्टमा टिम इन्डिया आफ्नो कट्टर प्रतिद्वन्द्वी टोलीमाथि हाबी छ । दुवै टोलीले विगत एक दशकदेखि एकअर्कासँग द्विपक्षीय सिरिज खेलेका छैनन् । एकपटक फेरि दुवै टोली आगामी टी-२० विश्वकप २०२४ मा भिड्न तयार छन् ।
दुवै टोली अमेरिकामा पहिलोपटक आपसमा भिड्दैछन् । रोहित शर्माले भारतीय टिमको कमाण्ड गर्नुहुनेछ भने पाकिस्तानी टिमको कप्तानी बाबर आजमले गर्नुहुनेछ । सन् २००७ को विश्वकपमा पहिलोपटक भारत र पाकिस्तानबीच टी-२० खेल भएको थियो । डरबनमा भएको यो खेल बराबरी भए पनि भारतले बल आउटबाट खेल जितेको थियो । सन् २०१२ पछि हरेक विश्वकपमा भारत-पाकिस्तान भिड्दै आएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements