काठमाडौं । आगामी साउन ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर मुख्य अभिनेत्री मलिका महतवरिपरि घुमेको छ । छोरा पाउने आशमा छोरी जम्माइरहने र छोरा नहुँदा परिवार र समाजले गर्ने तुच्छ व्यवहारलाई टिजरले समेटेको छ ।
लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्रमा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाको अभिनय छ ।
सिनेमाघरमा आउनुअगावै थुप्रै अवार्ड जितिसकेको यो चलचित्र दिलासा र साराको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुवेदीकै निर्माण र लेखन छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts