काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’ । चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ भने ‘लण्डन टू पेरिस’ चाहिँ ‘ट्राभल-लभस्टोरी’ हो ।
आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’ प्र्रदर्शनमा आएका हुन् । चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ भने ‘लण्डन टू पेरिस’ ट्राभल-लभस्टोरी हो । यस्तै चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ तेस्रो हप्तामा प्रवेश गरेका छन् । यी चलचित्र जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आएका हुन् ।
‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा हुनुहुन्छ । यी दुवै फरक कथामा निर्माण भएका चलचित्र भएकाले यसका लक्षित वर्ग पनि फरक छन् । दुवै चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला छ र मल्टिप्लेक्सले राम्रो शो दिएको छन् ।
‘गाउँ आएको बाटो’ मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्मातामा अमोद राई हुनुहुन्छ भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुनुहुन्छ ।
‘लन्डन टू पेरिस’को कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चललिचत्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियामा बस्नेत र परी राना निर्माताका रूपमा रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा