काठमाडौं । स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । गीतकार एवं नेपाल प्रहरीका एआईजी टेक तामाङको शब्द, पावल चाम्लिङ राईको संगीत र चाँद सिंहको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आशमान वाइबा, केकी अधिकारी, सनम कठायतलाई फिचरिङ गरिएको छ । भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको छ । प्रेमिल भावले ओतप्रोत भए तापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अंगालेपछि बिछोडिएको पीडा देखाइएको छ ।
कला निर्देशक मनिक पाख्रिन, छायांकन उत्तम हुमागाईं, क्यामेरा टिममा युवाराज हुमागाईं, गोकुल हुमागाईं, मित्रनाथ योगी, रामप्रसाद हुमागाईं, सम्पादन विकास धमला र सहछायांकन कुलप्रसाद हुमागाईंको छ भिडियोमा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts