हेटौंडा । मकवानपुर जिल्ला रेफ्री संघको अध्यक्ष अकिललाल श्रेष्ठको निधन भएको छ । उहाँको हृदयाघातका कारण ४० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
अचानक छाती दुखेपछि सामान्य उपचार गरेर घर फर्कनुभएका फर्केका श्रेष्ठको राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी गराउनुभयो ।
उहाँको बिहीबार हेटौंडामा अन्त्येष्टि गरिएको छ । हेटौंडा १३ स्थायी घर हुनुभएका श्रेष्ठ मकवानपुरमा हुने अधिकांश फुटबल गतिविधिमा सक्रिय सहभागिता जनाउने गर्नुहुन्थ्यो ।






