काठमाडौं – आईसिसी टी२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। सुपर ओभरमा गएको खेलमा अमेरिकाले ५ रनको सनसनीपूर्ण जित दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।
विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाको यो जित ऐतिहासिक बनेको छ। पाकिस्तान टी२० विश्वकपको पूर्व विजेतासमेत टिम हो। उसलेले सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो।
विश्वकपमा एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो। यो जितसँगै अमेरिकाको क्रिकेटमा विश्वले ध्यान दिने देखिएको छ।विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।
जारी विश्वकपमा सुपर ओभरमा गएको यो दोस्रो खेल हो । यसअघि समूह ‘बी’ को एक खेलमा नामिबियाले ओमानमाथि सुपर ओभरमा जित निकालेको थियो ।
बिहीबार राति भएको खेलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि ३ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतक बनाए। ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एकएक विकेट लिए।
सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन जोडेका थिए। सदाब खानले २५ बलमा ४० रन बनाए। शाहिन शाह अफ्रिदीले २३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अमेरिकाका लागि नोस्थुस केन्जिंगेले तीन विकेट हात पार्दा सौरभ नेत्रभाल्करले दुई विकेट लिए।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts