काठमाडौं । एभरेस्ट भलिबल क्लब अपराजित रहँदै काठमाडौंमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको महिलातर्फको दोस्रो खेलमा एपिएफ क्लबलाई ३-२ को सेटमा हराउँदै एभरेस्टले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो ।
सुरुवाती दुई सेट २३-२५, १३-२५ ले गुमाएको एभरेस्टले त्यसपछिका तीन सेट २५-१७, २५-२२, १५-८ ले आफ्नो पक्षमा पार्यो । चौथो जितसँगै एभरेस्टले चार खेलमा ११ अंक जोडेको छ । यसअघि एभरेस्टले कर्णाली, आर्मी, न्यु डायमण्डलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
पराजित एपिएफको चार खेलमा पाँच अंक छ । यसअघि न्यु डायमण्डलाई ३-२ र कर्णालीलाई ३-० को सेटमा पराजित गरेको एपिएफले पुलिससँगको खेल ३-० ले गुमाएको थियो । एभरेस्टको जितसँगै नेपाल पुलिस क्लब पनि अंकतालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । लिगमा अपराजित पुलिस क्लबले लिगका चार खेलबाट ११ अंक बनाएको छ । समान खेलबाट एभरेस्टले ११ अंक बनाएको छ । तेस्रो स्थानका लागि एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
यसैगरी बिहीबार नै सम्पन्न पहिलो खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । न्यु डायमण्डले खेल २५-११, २५-१६, २५-२२ ले आफ्नो पक्षमा पारेको हो । पहिलो जित निकालेको न्यु डायमण्डको पाँच खेलमा चार अंक छ । यसअघि न्यु डायमण्डले एपिएफसँग ३- २, एभरेस्टसँग ३-० तथा पुलिस र आर्मीसँग समान ३-१ सेटको हार बेहोरेको थियो । पाँचौँ खेलमा पराजित कर्णाली अंकविहीन छ । यसअघि कर्णालीले एभरेस्ट, एपिएफ, आर्मी र पुलिससँगको खेल समान ३-० सेटमा गुमाएको थियो ।
यता, विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई ३-१ सेटले पराजित गरेको हो । पहिलो सेट २२-२५ ले एपिएफले गुमाएको थियो । तर, त्यसपछिका सेटमा एपिएफले २५-१२, २५-१४ र २५-१९ ले जित्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा