
काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड क्लबलाई हराएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले न्यु डायमण्डलाई ३-२ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो ।
आर्मीले दुई सेटले पछि परेको अवस्थालाई उल्टाएको थियो । सुरुवाती दुई सेट २५-२७, २०-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २५-१७, २५-२३, १५-१२ ले आफ्नो पक्षमा पा¥यो ।
जितसँगै आर्मीले चार खेलमा ६ अंक जोडेको छ । यसअघि पुलिससँग ३-२ र एभरेस्टसँग ३-० को सेटमा पराजित भएको आर्मीले कर्णाली प्रदेशविरुद्ध ३-० सेटको जित निकालेको थियो । लगातार चौथो खेलमा पराजित न्यु डायमण्डको दुई अंक छ । यसअघि न्यु डायमण्डले एपिएफ र एभरेस्टसँग समान ३-२, पुलिससँग ३-१ सेटको हार बेहोरेको थियो । महिलातर्फ बुधबार नै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच