काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो । अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा उपस्थित नेपाली समर्थकहरुले विश्वकै ध्यान तानेको छ ।
नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गरिरहेको समर्थकले नेपालको होम ग्राउण्डको झल्को दिइरहेको थियो ।
टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।












