कास्की । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जित्नुभएको छ । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेण्डमा पूरा गर्दै नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सोलुखुम्बुका अर्जुन कुलुङ दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी चार घण्टा ३५ मिनेट १५ सेकेण्डमा पूरा गर्नुभयो । उहाँ ५ दिनअघि मात्र एभरेस्ट म्याराथनको उपाधि चुमेलगत्तै अन्नपूर्ण म्याराथनमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी गत वर्षका विजेता जुम्लाका धीरबहादुर बुढा तेस्रो हुनुभयो । उहाँले चार घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दूरी पार गर्नुभयो । द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएका राई र बुढाले क्रमशः एक लाख, ७५ हजार नगद प्राप्त गर्नुभएको हो ।
महिलातर्फ खोटाङकी निर्मला राई प्रथम
महिलातर्फको उपाधि खोटाङका निर्मला राईले जित्नुभएको छ । उहाँले निर्धारित दूरी पाँच घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै नगद एक लाख ५० हजार राशि पुरस्कार प्राप्त गर्नुभयो । नेपाल आर्मीकी (डोल्पा घर हुनुभएकी) सुनसरी रोकायले पाँच घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा रहनुभयो भने ओखलढुंगाकी छोकी शेर्पाले पाँच घण्टा ५६ मिनेट ५९ सेकेण्डको समयमा दूरी पार गर्दै तेस्रो बन्नुभयो ।
गत वर्ष पनि तेस्रो स्थान प्राप्त गर्नुभएकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो । महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएका रोकाय र शेर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नुभयो । दौड चार हजार १३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो । महिलातर्फ एक विदेशीसहित ११ जना धाविकाको सहभागिता रहेको थियो भने पुरुषतर्फ तीन विदेशीसहित ४९ जना पुरुष धावकको सहभागिता थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा दुईजनाले बीचबाटै प्रतियोगिता छाडेका थिए । चार विदेशीमध्ये तीन बेलायती र एक स्क्टल्याण्डका धावकको सहभागिता थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts