काठमाडौं । श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरामा कार्यरत राहत शिक्षक अशोककुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरामा कार्यरत शिक्षक (राहत) अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, विहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी राहत कोटामा नियुक्त भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
२०६९ कात्तिक २५ गतेदेखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts