काठमाडौं । अमेरिकी स्टार कोको गौफ फ्रेन्च ओपन टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फ सेमिफाइनल प्रवेश गर्नुभएको छ । तेस्रो वरीयताकी गौफले ट्युनिसियाकी ओन्स जाबेउरविरुद्ध २-१ सेटको पुनरागमन जित निकाल्नुभयो ।
पहिलो सेट ४-६ ले गुमाए पनि गौफले त्यसपछिका दुई सेट ६-२, ६-३ ले आफ्नो पक्षमा पार्नुभयो । गौफले उपाधिका लागि पोलिस स्टार इगा स्वायटेक र चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोरुसोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुहुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता