
गुल्मी । प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुला पुरुष फुटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रुप तम्घास र रामसीता मन्दिर गैंडाकोटबीच प्रतिस्पर्धा भएको थियो ।
खेलमा दुवै समूहले बराबरी गोल गरेपछि रामसीता मन्दिरले पेनाल्टी सुटमा उपाधि चुमेको हो । उपाधिसँगै रामसीता मन्दिरले दुई लाख दुई हजार २०२ रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कोब्रा ग्रुपले एक लाख एक हजार १०१ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितमा कोब्रा ग्रुपका रुमन श्रेष्ठ बेस्ट डिफेन्डर र सोही ग्रुपका दिवेश छन्तेल बेस्ट स्टाइकर बन्नुभयो । रामसीता मन्दिरका सन्देश खनाल उत्कृष्ट गोलरक्षक र सोही समूहका अनुज गैरे टप स्कोरर बन्नुभयो । रामसीता मन्दिरका मनिष तामाङ प्लेयर अफ टुर्नामेन्ट हुनुभयो । प्रतियोगिता तम्घासको चिदिचौर खेल मैदानमा भएको थियो । जसमा दश समूहले भाग लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच