काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।
गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।
रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका थिए । रियल मड्रिडकाकार्भाजालले ७४ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।







