धरान । जुडो कुरासकी दीपिका आचार्य र टेबल टेनिसका खेलाडी सिद्धार्थ तामाङ उत्कृष्ट खेलाडी हुुनुभएको छ । उहाँहरूलाई धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी अवार्ड २०८० द्वारा सम्मान गरेको हो । यस्तै, कराँतेका किरण लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड २०८० बाट सम्मान गरिएको छ ।
उहाँहरूलाई जनही नगद रकम २५ हजार र अवार्ड प्रदान गरिएको थियो । यसैगरी, मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड फुटबल खेलाडी सुमन सेतेङ्बा लिम्बूलाई प्रदान गरिएको छ । उहाँलाई नगद रकम ११ हजार र अवार्ड प्रदान गरिएको थियो । समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिएको थियो ।
उहाँहरूलाई धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, नेपाली कांग्रेसका नगर अध्यक्ष श्याम पोख्रेल, नेकपा (एकीकृत समाज)का धरान नगर अध्यक्ष रेवतीरमण राईलगायतले नगद रकम र अवार्ड प्रदान गर्नुभएको थियो ।
धरानलाई खेलकुद शहरका रूपमा चिनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गरेको आयोजक मञ्चका अध्यक्ष राईले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता