काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ ।
आईतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
आईपिएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो । यो सिजनको आईपिएलमा समूह चरणका खेल जति रोचक भए क्वालिफायर खेल त्यत्ति रोचक बन्न सकेनन्। समूह चरणमा आक्रामक देखिएका केही टिम क्वालिफायरमा कमजोर देखिए।
यो सिजनको प्लेयर अफ द फाइनल अवार्ड कोलकाताका मिचेल स्टार्कले पाएका छन्। उनले फाइनलमा तीन ओभर बलिङ गर्दा मात्र १४ रन दिएर महत्त्वपूर्ण दुई विकेट हात पारे।
त्यस्तै रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)का विराट कोहलीले सर्वाधिक रनको उपाधि पाएका छन् भने पञ्जाब किंग्सका हर्षल पटेलले सर्वाधिक विकेटको क्याप जितेका छन्।
उपाधि विजेता कोलकाताका सुनिल नारायनले प्लेयर अफ द सिरिज पाएका छन्। कुल ४८८ रन बनाएका उनले १५ खेलमा १७ विकेट हात पारेका थिए। क्याच अफ द सिजन रमनदीप सिंह बने भने फेयर प्ले, पिच र ग्राउन्ड अवार्डसमेत हैदरावादले पाएको छ।
यता हैदरावादका ट्रेभिस हेडले सर्वाधिक चौकाको उपाधि पाएका छन्। उनले १५ खेलमा ६४ चौका प्रहार गरेका हुन्। हैदरावादकै अभिषेक शर्माले ४२ छक्काको उपाधि जितेका छन्।
यो पटक इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि हैदरावादकै नितिश रेड्डीले पाउँदा उत्कृष्ट स्ट्राइक रेट जेक फ्रेजर–म्याकगुर्कले पाए। दिल्ली क्यापिटल्सका म्याकगुर्क २३४.०४ रेट बनाए। ९ खेलमा उनले चार अर्धशतक बनाउँदा ३२ चौका र २८ छक्का प्रहार गरेका थिए।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts