काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल हुँदैछ ।
दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन्। यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ।
राजस्थानले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। सुरुमा ब्याटिङ गरेको आरसिबीले दिएको १७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १७४ रन बनाएर पूरा गरेको थियो।
हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो। सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।
दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि आइतबार कोलकातासँग प्रतिस्पर्धा गर्नेछ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts