काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सामाजिक र खालीबारीले गोलरहित बराबरी खेलेका हुन् ।
यो बराबरीसँगै सातौँ स्थानमा रहेको सामाजिकको १२ अंक रहेको छ भने समान खेलबाट १० अंकसहित खालीबारी १०औँ स्थानमा छ । पुल्चोक १९ अंकसहित शीर्ष स्थानमा रहँदा समान अंक रहेको अरसी-३२ दोस्रो स्थानमा छ ।






