एजेन्सी । मुख्य प्रशिक्षक रोबर्टो डी जर्बीले इंग्लिस प्रियिमर लिग क्लब ब्राइटन छाड्ने निर्णय गर्नुभएको छ । डी जर्बीले आपसी सहमतिमा क्लब छाड्ने निर्णय लिएको क्लबका अध्यक्ष टोनी ब्लुमले बताउनुभयो । डी जर्बी शाख्तर डोनेटस्क छाडेर सन् २०२२ मा चार वर्षको सम्झौतामा ब्राइटन भित्रिनुभएको थियो ।
ब्राइटनले ग्राहम पोर्टरको स्थानमा डी जर्बीलाई अनुबन्ध गरेको थियो । डी जर्बीको प्रशिक्षणमा ब्राइटनले गत सिजन छैटौँ स्थानमा रहेर लिग पूरा गरेको थियो । ब्राइटन हाल १०औँ स्थानमा छ ।






