एजेन्सी । मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्याले इण्डियन प्रिमियर लिग आइपिएलको अर्को सिजनको पहिलो खेल गुमाउने हुनुभएको छ । जारी सिजनमा तेस्रो स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो गरेपछि) का कारण हार्दिकलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले एक खेलको प्रतिबन्ध लगाएको हो । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा हार्दिकले तेस्रो स्लो ओभर रेट गर्नुभएको थियो ।
साथै हार्दिकलाई ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत गराइएको छ । यो सिजनमा मुम्बईको खेल सकिएको हुनाले हार्दिकले अर्को सिजनको पहिलो खेल गुमाउनुहुनेछ ।
हार्दिकले कप्तानी गरेको मुम्बई यो सिजनको आइपिएलमा चार जित र १० हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । यो सिजनमा रोहित शर्मालाई हटाएर मुम्बईले कप्तानीको जिम्मेवारी हार्दिकलाई दिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts