म्यानचेष्टर । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउनु हुने भएको छ । आँखाको सकेट फ्रयाक्चर भएकाले उहाँले दुई महत्वपूर्ण खेल गुमाउनु हुने भएको हो ।
टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस गरिएको थियो । उक्त खेल सिटीले २-० ले जितेको थियो । लिगको शीर्ष स्थानमा रहेको सिटी अब उपाधिबाट एक जित टाढा छ । सिटीले लिगको अन्तिम खेल १९ मे मा घरेलु मैदानमा वेष्ट हमसँग खेल्दैछ । उक्त खेल जितेमा सिटी लगातार चार प्रिमियर लिग जित्ने कीर्तिमान बनाउनेछ ।
यस्तै सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडसँग २५ मे मा वेम्बली मैदानमा एएफसी कप फाइनल खेल्नेछ । ३१ वर्षीय जर्मन गोलकिपर ओर्टेगाले पछिल्लो दुई सिजन एएफ कप र काराबाओ कपको हरेक चरणमा खेल्नुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements