
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाई दिनुभएको छ ।
त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसँग भएको भेटमा सदस्य-सचिव घिसिङले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । उहाँले वर्तमान कार्यसमितिले जुडो संघलाई अझ मजबुद बनाएर लाने विश्वास व्यक्त गर्दै जुडो खेलप्रति आकर्षण जगाउन व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
गत वैशाख ३१ गते सम्पन्न जुडो संघको छैटौँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष बज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । धर्मशिला चापागाईं वरिष्ठ उपाध्यक्ष, रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गंगा खड्का उपाध्यक्ष, प्रकाशचन्द्र पाण्डे महासचिव, पवनकुमार बानियाँ सचिव तथा प्रमोदप्रसाद नेपाल कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
राजन रोकाय, सुनिता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मुक्तान र प्रकाश सारु मगर सदस्यमा चयन हुनुभएको थियो । सबै पदमा निर्वाचन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच