काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट शुभमन गिल कप्तान रहेको गुजरात टाइटन्स बाहिरिएको छ।
सोमबार राति गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स बिचको खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडिएसँगै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो।
एक खेल अगाडि नै ११ अंक बनाउँदै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो। कोलकाता भने १९ अंकका साथ शीर्ष स्थानमा कायमै छ। अब गुजरातले सनराइजर्स हैदरावादसँग एक खेल खेल्न बाँकी छ। गुजरातसँगै अहिलेसम्म पञ्जाब किंग्स र मुम्बई इन्डियन्ससमेत प्लेअफ दौडबाट बाहिरिसकेका छन्।
कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफमा सुरक्षित छ। राजस्थान रोयल्स प्लेअफ पुग्ने निश्चित भए पनि गणितीय सम्भावना अझै बाँकी नै छ।
पाँच टिम प्लेअफका लागि संघर्षरत छन्। चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद १४ अंकका साथ प्लेअफ दौडमा छन् भने रोयल च्यालेन्जर्स बंग्लोरु, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्सको गणितीय सम्भावना जीवितै छ। आईपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्नेछन् । दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts