
काठमाडौं । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरका सर्वश्रेष्ठ बैंक छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान प्रदान गरेको छ । तर, ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस्तो प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक बनेको बताइएको छ ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इण्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बंगलादेशको स्ट्याण्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मान प्रदान गरेको ग्लोबल आइएमई बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच