काठमाडौं । बलिउड गायक अतिश बोडालियाको नयाँ गीत ‘क्या करुँ बता’को टीजर सार्वजनिक भएको छ । जहाँ नेपाली मोडल दीपक घिमिरे फिचर्ड हुनुहुन्छ । घिमिरे अन्तर्राष्ट्रिय मोडलको रूपमा परिचित हुनुहुन्छ ।
एफएमडी म्युजिकद्वारा प्रस्तुत उक्त गीतको भिडियो आगामी साता सार्वजनिक हुँदैछ । उक्त भिडियोमा अभिनेता तथा मोडल घिमिरेलाई मोडल पूर्णीका सिजापतिले अभिनयमा साथ दिनुभएको छ । नेपालका प्राकृतिक सौन्दर्य झल्किने लोकेशनमा छायांकन गरिएको यो भिडियोको निर्देशन नितिन चन्दले गर्नुभएको हो ।
मासमिथको शब्द तथा संगीतको यो रोमान्टिक गीतलाई बलिउडकै थिममा तयार पारिएको छ । भिडियोको छायांकन तथा सम्पादन नितिन चन्दले नै गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts