भकाठमाडौं । सातौं सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु भएदेखि अफिसियल मेडिकल पार्टनरका रुपमा सहकार्य गर्दै आएको फ्रन्टलाइन हस्पिटलले खेलको अन्तिम दिन मंगलबार बिजेता खेलाडीलाई वेलनेस प्याकेज, वेसिक हेल्थ केयर प्याकेज प्रदान गरेको छ ।
कर्पोरेट खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य पहिलो भन्ने नारासहित प्लेयर अफ टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट फिल्डर, बेस्ट विकेट किपर, हाइयस्ट सिक्सेस इन टुर्नामेन्ट, हिट द बोर्ड र मेन अफ द म्याच बिजेतालाई उल्लेखित प्याकेज र विभिन्न छुट प्रदान गरेकोे फ्रन्टलाईन हस्पिटलका प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिक रिलेसन डिपार्टमेन्ट प्रमुख रवी खड्काले जानकारी दिनुभएको छ । खड्काका अनुसार खेल आइतबारदेखि सुरु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts