झापा । सात दशक लामो झापाली पत्रकारिताको खोज, अध्ययन, अनुसन्धान र उत्खनन गर्न अब सहज हुने भएको छ । 'झापाको पत्रकारिता आरम्भदेखि २०४०' नामक पुस्तक प्रकाशन भएसँगै त्यस्तो सहजता भएको हो ।
सो पुस्तकको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहालले काठमाडौंमा विमोचन गर्नु भएको हो । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभागृहमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहाल , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासंघ कोशी प्रदेशका कार्यबाहक अध्यक्ष लवदेव ढुंगानाले झापाको पत्रकारिता पुस्तक प्रकाशन गर्नु महासंघ झापा शाखाको रचनात्मक र उदाहरणीय कार्य भएकाे भन्दै प्रशंसा गर्नुभयाे ।
पुस्तकमा झापाको पत्रकारिताको इतिहास, २०४० सालसम्मका पत्रकारको परिचय, विभिन्न अभिलेख, झापा महासंघको हालसम्मका नेतृत्वको विवरणलगायतका विषय समेटिएको छ । साथै कभरसहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख, अन्तरबोधखण्ड, संस्मरण र लेखखण्ड र अभिलेखखण्डमा इतिहासका विविध विषय समेटिएको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।
पुस्तकको सम्पादक अग्रज पत्रकार बिर्तामोड नगरपालिका प्रकाशन सहयोगी रहेको पुस्तकको सम्पादन पत्रकारद्वय गोपाल गिरी र राजबाबु शंकर गर्नु भएको छ। पुस्तक प्रकाशनमा सहयोग गर्ने लेखक, पत्रकारलगायत सबैलाई महासंघ झापा शाखाले धन्यवाद ज्ञापन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच