काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।
साविक विजेता चेन्नई माथि ७ विकेटको जित निकाल्दै पञ्जाब १० खेल खेलेर आठ अंकसहित सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट अंक तालिकाको चौंथो स्थानमा रहेको चेन्नई यो हारसँगै १० अंकमा सीमित भएको छ।
चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईविरुद्ध पञ्जाबका जोनी बेयरस्टोले ४६ रन बनाए।
राइली रुसो ४३ र प्रभसिमरन सिंह १३ रनमा आउट हुँदा शशांक सिंह २५ र कप्तान साम करन २६ रनमा नटआउट रहे। चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एकएक विकेट हात पारे।
पहिला ब्याटिङ थालेको चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल मात्र १ रनमा नटआउट रहे।
पञ्जाबका हरप्रित बराड र राहुल चाहरले दुई/दुई विकेट लिँदा कागिसो रबाडा र अर्शदीप सिंहले एक/एक विकेट हात पारे।
आईपिएल अन्तर्गत बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे हैदरावादमा हुनेछ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts