नयाँदिल्ली । राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहल इण्डियन प्रिमियर लिग (आइपिएल)मा २०० विकेट लिने पहिलो बलर बन्नुभएको छ । जयपुरमा भएको मुम्बई इण्डियन्सविरुद्धको खेलमा मोहम्मद नाबीलाई आउट गरेसँगै चहलको दुई सय विकेट पूरा भएको हो । उहाँले १५३औँ खेलमा २०० विकेट लिनुभएको हो ।
गत सिजनमा चहलले ड्वेन ब्राभोलाई उछिन्दै आइपिएलमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाउनुभएको थियो । चहललाई मुम्बईले सन् २०११ मा पहिलोपटक अनुबन्ध गरेको थियो । तर, उहाँको आइपिएल डेब्यु सन् २०१३ मा भएको थियो । सन् २०१४-२०२१ बीचमा चहलले बेंग्लोरबाट ११३ खेल खेल्दै २२.०३ को औसतमा १३९ विकेट लिनुभएको थियो ।
उहाँ अहिले पनि आइपिएलमा बेंग्लोरका लागि सर्वाधिक विकेट लिने खेलाडी हुनुहुन्छ । आइपिएल २०२२ को मेगा अक्सनअघि बेंग्लोरले चहललाई रिटेन गरेको थिएन । राजस्थानले उहाँलाई साढे ६ करोड भारूमा किनेको थियो । चहलले सन् २०२२ देखि लगातार राजस्थानबाट खेल्दै आउनुभएको छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts