चोरीका विभिन्न घटनाहरूमा संलग्न ६ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । झापाका विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान,२५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *