लण्डन । प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ । इटालियन क्लब एट्लान्टालाई क्वार्टरफाइनलको दोस्रो लेगमा बिहीबार १=०ले हराए पनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो । घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३=०ले पराजित भएको थियो ।
एट्लान्टा सेमिफाइनलमा पुगेको छ । मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी भएको थियो । अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेलीको सामना गर्नेछ ।
मार्सेलीले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । दोस्रो लेगमा मार्सेलीले पेमी मुमाबाग्नाको गोलमा १-० को जित निकालेपछि समग्रमा २-२ को बराबरी भएको थियो । थप समयमा नतिजा नआएपछि पेनाल्टी सुटआउटमा मार्सेली भाग्यशाली रहृयो ।
युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार जर्मन टोली बायर लेभरकुसन र इटालियन क्लब रोमा पनि सेमिफाइनल पुगेका छन् । वेष्टहृयाम युनाइटेडसँगको दोस्रो लेगमा १-१ को बराबरी भए पनि समग्रमा ३-१ ले नतिजासहित बायर लिभरकुसेन अघिल्लो चरणमा पुगेको हो । एसी मिलानलाई दोस्रो लेगमा २-१ ले हराएको रोमा समग्रमा ३-१ ले नतिजाका साथ अघि बढेको हो । एजेन्सी ।






