आयरल्याण्ड ‘ए’ ले दियाे नेपाललाई १७५ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो ।

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

ADVERTISEMENT

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१  रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?