मुग्लिन (चितवन) । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ ।
बुधबार चितवनको इच्छाकामना-४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुकै कारण आज म राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईंहरुले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्नेछु ।”
अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको बताउनुभयो ।
उहाँले चुनावमा गर्नुभएको वाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गर्नुभयो । “२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ”, उहाँले भन्नुभयो, “दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ गाविस भवनबाहेक अन्य स्थानमा मोटरबाटो पुर्याउन सफल भएँ ।” अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र) इच्छाकामना गाउँ कमिटीले सम्मान गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts