आईपिएलमा आरसिबीको तेस्रो हार, लखनउ २८ रनले विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बैग्लोर – इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ सुपर जायन्ट्सले च्यालेन्जर्स बंग्लोर (आरसिबी)लाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा लखनउले आरसिबीलाई २८ रनको पारजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले क्विन्टन डिककको ८१ रनको शानदार अर्धशतकमा आरसिबीलाई १८२ रनको लक्ष्य दिएको थियो। एन चिन्नास्वामी स्टेडियममा लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।

लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे। आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १/१ विकेट हात पारे।

ADVERTISEMENT

१८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे। रजत पाटीदार २९, विराट कोहली २२, कप्तान फाफ डु प्लेसिस १९, अनुज रावतले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९।४ बलमा अलआउट भयो।

आरसिबीको ब्याटिङ लाइन कमजोर बनाउन लखनउका मयंक यादवले ३ र नवीन उल हकले २ विकेट लिए। मणिमारन सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले १/१ विकेट हात पारे।यो जितसँगै लखनउले तीन खेल खेल्दै चार अंक जोडेको छ। आरसिबी भने चार खेलमा दुई अंक मात्र जोड्न सफल भएको छ। आरसिबीले तीन खेल गुमाउँदा एउटा मात्र जितेको छ।

आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७: ४५ मा सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *