बर्लिन । खेलकुद सामग्री निर्माता एडिडासले जर्मनीका समर्थकहरूलाई नाजी प्रतीकका रूपमा रहेको ४४ नम्बरका खेलकुद सामग्री खरिदमा रोक लगाएको छ । जर्मनी फुटबल टिमका लागि बनाएको ‘कस्टमाइज्ड किट्स’मा ४४ नम्बर दोस्रो विश्वयुद्धको समयमा नाजी एसएससँग मिलेको भन्दै सञ्चारमाध्यममा यो विषयलाई उठाइएको बिबिसीले जनाएको छ ।
सञ्चारमाध्यममा उक्त विषयले चर्चा पाएपछि एडिडासले जर्मनीका समर्थकहरूलाई ४४ नम्बरको खेलकुद सामग्री खरिदमा रोक लगाएको समाचारमा उल्लेख छ । नाजीहरूले गरेको मानवताविरुद्धको अपराधका लागि ‘एसएस युनिट’ सबैभन्दा बढी जिम्मेवार रहेको बताइन्छ । एसएस रुन नाजी युनिटको प्रयोगका लागि १९२९ मा डिजाइन गरिएको थियो । एसएसका सदस्यहरू गेस्टापो एजेन्टहरूदेखि कन्सन्ट्रेसन क्याम्पका गार्डहरूसम्म थिए । एजेन्सी







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता