काठमाडौं । भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बरोडासँग खेल्दैछ।
पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको जित निकालेको नेपाल आजसमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन्।
तेस्रो खेल नेपालले बुधबार फेरि गुजरातसँग खेल्नेछ। नेपालले अर्को खेल चैत २३ गते बरोडामा हुनेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts