काठमाडौं । लेखक, निर्देशक तथा कलाकार ऋषि लामिछानेलाई पितृशोक परेको छ । लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति निधन भएको हो ।
उपाध्यायको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशक लामिछानेले जानकारी गराउनुभयो । ९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उपाध्यायका ऋषिसहति पाँच छोरा हुनुहुन्छ । निर्देशक लामिछाने साहिँला छोरा हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता