काठमाडौं । हामीलाई कुनै पनि गम्भीर रोग लाग्नु अघि केही न केही सुरुवाति लक्षण देखाउने गरेका हुन्छन् । तर धेरैजसो लक्षणलाई हामीले दैनिक जीवनमा भोग्दै आएका रोग जसरी वेवास्ता गरेका हुन्छौँ । हामीले दैनिक जीवनमा भोगिरहेका तिनै लक्षण देखाउँदै हामीलाई गम्भीर प्रकारको रोगले पच्छ्याइरहेको पनि हुन सक्दछ । यसर्थ ती सुरुवाति लक्षाण रुपमा केहीलाई यहाँ चर्चा गरिएको छ ।
हामीले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछौं । तर, सामान्य भन्दा फरक प्रकारले गम्भीर रुपमा रिंगटा लाग्नु सामान्य होइन । सिंगटा लाग्नु गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ ।
मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, हिड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।
रिंगटा कहिलेकाहीं लाग्नु एक सामान्य कुरा हो । तर बेला बेलामा रिंगटा लाग्नु एक साधारण रोग हो । तर यसलाई मामुली सम्झेर गम्भीरतासँग नलिनु ठीक होइन । यो कुनै अन्य गम्भीर रोगको संकेत पनि हुन सक्छ । तसर्थ पहिलोपल्ट रिंगटा लाग्दैमा सचेत हुनुपर्छ । भविष्यमा बारम्बार हुने रोग हो भनेर जानुपर्छ ।
रिंगटा लाग्नु कारणमध्ये प्रमुख कारणहरू निम्नलिखित छन् ।
- शरीरमा रक्तसञ्चारको कमी हुनु ।
- एनिमिया रोग भई शरीरमा रगतको कमी हुनु ।
- ब्लडप्रेसरमा कमीरबेसी हुनु ।
- अत्यधिक शारीरिक या मानसिक थकान हुनु ।
- भयभीत हुनु । मानसिक तनावमा रहनु ।
- टाउकोमा कुनै प्रकारको चोट लाग्नु ।
- हर्ट ब्लोकेज तथा मुटुको धड्कनमा असामान्यता आउनु ।
- आँखाको दृष्टि कमजोर हुनु ।
यस्तै स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ। यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ। त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ।
लगातार कम्मर दुखाई पनि गम्भीर रोगको लक्षण हुन सक्छ । लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ। यद्यपि सधैं यस्तो भने हुँदैंन। विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ।
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ। तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ। यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ।
यसरी नै ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ। फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ। गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ।
हाम्रो पेट पटक पटक दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन्। कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ। यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ।
यसैगरी पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ। पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ। यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ। मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ।
यसै गरी विशेषत बालबालिकामा पनि गम्भीर रोगका लक्षण देखिन सक्छन् ।
४८ घण्टा भन्दाबढी ज्वरो आएमा बालबालिकालाई सानो उमेरमा ज्वरो आउनु स्वभाविक नै हो । तर उक्त ज्वरो ४८ घण्टा हुदाँ पनि निको नभएमा भने विशेष सर्तकता अपनाउनु पर्छ । अन्यथा यसले स्वास्थ्यसित सम्बन्धित थुप्रै समस्या निम्त्याउन सक्छ ।
लामो समय खोकी लाग्नु : बालबालिकालाई चिसोका कारण खोकी लाग्नु सामान्य हो । तर खोकीको अलावा छाती घ्यारघ्यार भएमा, लामो समयसम्म खोकी लागेमा भने विशेष सावधानी अपनाउनु पर्छ । अन्यथा खोकीकै कारण बालबालिकाको छातीमा विभिन्न जिवाणुको संक्रमण हुनसक्छ । बालबालिकाको शरीरमा जिवाणुका संक्रमण भएमा त्यसले छाती, मुटु, पेट, मृगौला लगायतको समस्या निम्तने गर्छ ।
यस्तै बालबालिकामा हुने विभिन्न जटिल समस्या मध्य कोखा हान्ने समस्या पनि एक हो । बालबालिकालाई धेरै कोखा हानेमा, सास फेर्नमा समस्या भएमा पनि सजग हुन आवश्यक छ ।
- पत्रपत्रिकाको सहयोगमा







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts