
नयाँदिल्ली । भारतीय क्रिकेटको बलिङमा जहिले स्पिनर हावी हुन्छन् । टिमलाई गति र बाउन्सर बलमा तर्साउन सक्ने बलरको अभाव खड्किने गरेको छ । तर, जारी इण्डियन प्रिमियर लिग (आइपिएल)मा नयाँ तीव्र गतिका बलरको आगमन भएको छ । उहाँ हुनुहुन्छ लखनउ सुपर जायन्ट्सका २१ वर्षीय तीव्र गतिका बलर मयंक यादव । शनिबार राती पञ्जाब किंग्सलाई लखनउले २१ रनले हराएको खेलमा उहाँ डेब्यु गर्दै तीन विकेट लिएर प्लेयर अफ द म्याच चुनिनुभयो ।
डेब्यु गर्दा धेरै खेलाडी नर्भस हुँदा आफ्नो क्षमताअनुसार खेल्न सक्दैनन् । तर, मयंकमा फरक किसिमको जोश र जाँगर देखियो । मयंकको डेब्यु खेलको गति र प्रदर्शनले विश्व क्रिकेटमा राम्रो चर्चा भएको छ । भारतका प्रमुख बलर जसप्रित बुमराह र मोहम्मद सामीको सर्वाधिक गति नै १५३ छ । मयंकले १५६.८ किलोमिटरको गतिमा बलिङ गर्नुभयो । उहाँ यो सिजनको सबैभन्दा छिटो बलिङ गर्ने बलर बन्नुभएको छ । लखनउले मयंकलाई २० लाख भारुमा किनेको थियो ।
उहाँले ४ ओभरमा २७ रन खर्चेर बेयरस्टोसँगै प्रमुख ब्याटर जितेश शर्मा र प्रभश्रीमन सिंहलाई आउट गर्दै टोलीलाई जित दिलाउनुभयो । अष्ट्रेलियाका पूर्वस्टार बलर ब्रेट लीले मयंकको खेल देखेपछि लेख्नुभएको छ, ‘भारतले नयाँ गति भएको बलर भेट्टाएको छ ।’
सन् २०११ को आइपिएलमा अष्ट्रेलियाका सन टैटले राजस्थान रोयल्सबाट दिल्लीविरुद्ध प्रतिघण्टा १५७.७१ किलोमिटरको स्पिडमा बलिङ गर्नुभएको थियो । २०२२ मा दिल्लीबाट दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले १५७.३ स्पिडमा बलिङ गर्नुभएको थियो । टैट, उमरान र नोर्कियाबाहेक अन्य बलरले आइपिएलमा १५५ माथिको गतिमा बलिङ गर्न सकेका थिएनन् । पाकिस्तानका शोयब अख्तर विश्व क्रिकेट इतिहासकै सर्वाधिक गतिमा बलिङ गर्ने बलर हुनुहुन्छ । सन् २००३ को विश्वकपमा अख्तरले इंग्ल्याण्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटर गतिमा बलिङ गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच