रियाद । साउदी प्रो लिगमा अल–नासरले सानदार जित दर्ता गरेको छ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताईलाई ५–१ गोलले पराजित गरेको हो ।
खेलको २० औँ मिनेटमा ओटाभिडोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अल ताईका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।
३६ औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि अल–ताई १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा पुनः अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफ भने रोनाल्डोले ह्याट्रिक नै गरे । ६४ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३ मिनेटपछि अर्को गोल थपे । ८७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे । यो सिजन ३९ वर्षीय पोर्चुगिज खेलाडीको दोस्रो ह्याट्रिक हो । समग्र करियरमा भने उनको यो ६४ औँ ह्याट्रिक थियो ।
जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts