काठमाडौं । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।
मंगलबार राति भएको खेलमा नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनका लागि सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरे ।
यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो । बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।
दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts