काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने छ।
नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो।
युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो ।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts