विपन्न परिवारलाई आयआर्जनसँग जोड्न गाउँपालिकाद्वारा बाख्रा वितरण

डम्मर बुढा मगर बागलुङ, संवाददाता

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनी छन् । ज्याला, मजदुरी र निमेक गरेर दैनिकी चलाउनु पर्ने उनीहरुको बाध्यता छ । आयआर्जनको माध्यम केही छैन भने रोजगारको अवसर पनि छैन । विहान बेलुका के खाउँ ? के लाउँ भन्ने परिवारलाई काठेखोला गाउँपालिकाले आयआर्जनसँग जोड्न थालेको छ । खास गरि पालिकाभर रहेका दलित समुदायबाट अभियान थालेको छ । दलित समुदायलाई आम्दानीसँग जोडी आत्मनिभर बनाउनका लागि बाख्राको पाठी वितरण गरेको छ ।

गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र छोटो समयमा आम्दानी गर्न सकिए हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्राको पाठी वितरण गरिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले बताउनुभयो । एउटा बाख्राको पाठी किन्नसमेत नसक्ने परिवारहरुलाई गाउँपालिकाले पाठी उपलब्ध गराएको उहाँको भनाइ छ । पालिकाका आठ वटै वडाका विपन्न परिवार छनोट गरि बाख्राको पाठी दिएको विकले बताउनुभयो । बाख्राको पाठीबाहेक अन्य आम्दानी गर्न सकिने सामग्रीसमेत सहयोग गरेको उहाँ बताउनुहुन्छ ।

यहाँका ८२ जना दलित समुदायका नागरिकहरुलाई बाख्राको पाठीसँगै कुखुरा, प्लास्टिक टनेल, सिलाई मेसिन, वयलडिङ मेसिन, चेन्सो मेसिन, राउटर लगायतका सामाग्रीहरु वितरण गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ को दलित लक्षित कार्यक्रमको आय आर्जन तथा स्वरोजगार कार्यक्रम अन्तगरत ३० जनालाई बाख्राको पाठी, १० जनालाई जस्तापाता, १५ जनालाई कुखुराको चल्ला, १० जनालाई टनेल, दुई जनालाई राउटर, परम्परागत पेशा सुधारका अन्तरगत छ जनालाई सिलाई मेसिन, चार जनालाई वयलडिङ मेसिन, दुई जनालाई इन्टरलक मेसिन, तीन जनालाई फलाम काट्ने, पंखा, सान लगाउने मेसिन र एक जनालाई ड्रिल मेसिन वितरण गरिएको विकले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रवक्ता विकले भन्नुभयो - “विपन्न परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा सानो भए पनि सहयोग गरेका छौँ, उहाँहरुलाई चाहिने न्यूनतम सहयोग निरन्तर हुने छ, बाख्राको पाठोनै सहयोग गर्नु पर्ने कारण चाहीँ यसले अबको केही महिनामा उत्पादन दिन्छ, त्यसलाई बढाउँदै गएमा आगामी एक वर्षदेखि थोरै भए पनि आम्दानी दिन थाल्ने छ, केही वर्षमै उहाँहरुको जीवनस्तर उकासिने अपेक्षा गरेका छौँ, अन्य सहयोग पनि दिँदै जाने योजना छ ।”

गाउँपालिकाले वडा नम्बर ३ धम्जा गाउँमा उत्पादन गरिएका स्थानीय जातका बाख्राको पाठी वितरण गरेको हो । प्रति व्यक्त दश हजार बराबरको बाख्राको पाठी दिइएको छ । बाख्राको पाठी पाएपछि वडा नम्बर ८ की बेलमती विक खुसी हुनु भएको छ । अहिलेसम्म आफूले अरुको ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आएको भन्दै अब यहीबाट धेरै बाख्रा उत्पादन गर्ने तर्फ लाग्ने बताउनुभयो । आफूले एउटा बाख्रोको पाठी किनेर पाल्न नसकेको सुनाउँदै अब पालिकाले दिएको बाख्रालाई व्यवसायिक रुपमा पाल्दै जाने र संख्या बढाउँदै जाने बताउनुभयो ।

“गाउँपालिकाले मेरो लागि निकै ठूलो सहयोग गर्‍यो, गाउँमा बाख्रा पाल्नलाई समस्या छैन, घाँसपात पर्याप्त छ, अहिलेसम्म एउटा बाख्रा पाल्न सकेको थिएन, अब यही बाख्रालाई पाल्दै जाने, सात/आठ महिनामा बच्चा पाउला, संख्या बढाउँदै जाने योजना बनाएँ” विकले भन्नुभयो - “बाख्राको संख्या बढ्दै गयो भने कमाई पनि राम्रो होला भन्ने लागेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *