धरान । झापाको काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १-० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
धरान रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाईँले निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको ४४औँ मिनेटमा गोल गर्नुभएको थियो ।
काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीबार एनआरटी क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दी म्याच काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित हुनुभयो । उहाँले १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता